पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा

काठमाडौं । उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ ।  पछिल्लो २४ घन्टा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा  कारबाही गरिएको हो ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशासन उल्लङ्घन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१, चर्को हर्न बजाउने २७, नम्बर प्लेट राम्रोसँग नराख्ने ४७, लिडार गनमा देखिएका ४ सय १ र अन्य २ हजार २ सय ६६ जना गरी ३ हजार १ सय ८० सवारी साधानलाई कारबाही गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर