पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा
काठमाडौं । उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ । पछिल्लो २४ घन्टा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको हो ।
ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशासन उल्लङ्घन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१, चर्को हर्न बजाउने २७, नम्बर प्लेट राम्रोसँग नराख्ने ४७, लिडार गनमा देखिएका ४ सय १ र अन्य २ हजार २ सय ६६ जना गरी ३ हजार १ सय ८० सवारी साधानलाई कारबाही गरिएको हो ।
प्रतिक्रिया