किसानले १० टनभन्दा बढी गोलभेँडा सडकमा फाले
काठमाडौं । तरकारीको भाउ चुलिएका बेला कालिमाटीमा तरकारी बजारका व्यापारी र किसानले गोलभेँडाले उचित मूल्य नपाएको भन्दै कालीमाटी सडकमा गोलभेँडा फालेका छन् ।
विभिन्न स्थानबाट संकलन गरि ल्याईएको गोलभेँडा कालीमाटी फलफूल तथा तरकारी बजार पुराएपछि किसानहरूले उचित मूल्य नपाएको भन्दै १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका हुन् ।
बजार मूल्य र आफूहरुले पाउने मूल्य बीच परिश्रम अनुसारको मूल्य नपाएपछि गोलभेँडा फाल्न बाध्य भएको किासनहरुले बताए ।
प्रतिक्रिया