रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुग्याे
काठमाडौं । रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ ।
अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरे ।
मस्कोले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दुरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले अमेरिकासँग लड्ने योजना नभएको तर रणनीतिक हतियार मात्र आफ्नो लागि ठीक भएको बताए ।
इस्कान्डर रकेटको दायरा ५०० किलोमिटर वा सोभन्दा बढी रहेको लुकाशेन्कोले बताए । लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा रहनुभएको छ । फब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणको लागि बेलारुसले रुसका लागि लन्चप्याडको भूमिका खेलेको थियो ।
रुसले आफ्नो पश्चिमको कालिनिनग्राद क्षेत्रमा आणविक हतियारहरू तैनाथ गरिरहेको छ । यसको दायरामा पोल्याण्ड र बाल्टिक देशहरू पनि पर्छन् । एजेन्सी