रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुग्याे

काठमाडौं । रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ ।

अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरे ।

मस्कोले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दुरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले अमेरिकासँग लड्ने योजना नभएको तर रणनीतिक हतियार मात्र आफ्नो लागि ठीक भएको बताए ।

इस्कान्डर रकेटको दायरा ५०० किलोमिटर वा सोभन्दा बढी रहेको लुकाशेन्कोले बताए ।  लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा रहनुभएको छ । फब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणको लागि बेलारुसले रुसका लागि लन्चप्याडको भूमिका खेलेको थियो ।

रुसले आफ्नो पश्चिमको कालिनिनग्राद क्षेत्रमा आणविक हतियारहरू तैनाथ गरिरहेको छ । यसको दायरामा पोल्याण्ड र बाल्टिक देशहरू पनि पर्छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर