लाम्पार्डलाई अन्तरिम मुख्य प्रशिक्षक बनाउने चेल्सीलेको तयारी

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्क लाम्पार्डलाई अन्तरिम मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ।

चेल्सीले यस सिजनको अन्तिमसम्मका लागि लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाउने तयारी गरेको बीबीसीले जनाएको छ ।

चेल्सीले आइतबार मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको थियो ।

प्रिमियर लिगमा टोलीले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो । इंग्लिस प्रशिक्षक ७ महिनामै बर्खास्तमा परेका हुन् ।

उनको नेतृत्वमा चेल्सीले ३१ खेलमा ११ हार व्यहोरेको छ । थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

चेल्सी यस सिजन प्रिमियर लिगको ११ औं स्थानमा छ । लाम्पार्डले यस अघि चेल्सीको टिम सम्हालिसकेका छन् ।

लाम्पार्डले २०१९ देखि २१ सम्म चेल्सीको टोली हेरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर