लाम्पार्डलाई अन्तरिम मुख्य प्रशिक्षक बनाउने चेल्सीलेको तयारी
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्क लाम्पार्डलाई अन्तरिम मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ।
चेल्सीले यस सिजनको अन्तिमसम्मका लागि लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाउने तयारी गरेको बीबीसीले जनाएको छ ।
चेल्सीले आइतबार मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको थियो ।
प्रिमियर लिगमा टोलीले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो । इंग्लिस प्रशिक्षक ७ महिनामै बर्खास्तमा परेका हुन् ।
उनको नेतृत्वमा चेल्सीले ३१ खेलमा ११ हार व्यहोरेको छ । थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
चेल्सी यस सिजन प्रिमियर लिगको ११ औं स्थानमा छ । लाम्पार्डले यस अघि चेल्सीको टिम सम्हालिसकेका छन् ।
लाम्पार्डले २०१९ देखि २१ सम्म चेल्सीको टोली हेरेका थिए । एजेन्सी