सेयर बजार ५६.०९ अंकले बढ्यो

काठमाडौं ।  आज आइतबारका दिन साताको पहिलो कारोबार  सेयर बजार ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ । यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा बढोत्तरी आउँदा न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनी, त्यसैगरी, इष्टर्न हाइड्रोपावर, गुडविल फाइनान्स, स्याङग्री पावर लगायतको कम्पनीको सेयर मूल्य उच्च दरमा बढेको छ ।

दोहोरो अंकले बढ्यो सेयर बजार, सबै उपसूचक हरियाली हुँदा यी हुन् उच्च दरमा कमाउने कम्पनी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर