सेयर बजार ५६.०९ अंकले बढ्यो
काठमाडौं । आज आइतबारका दिन साताको पहिलो कारोबार सेयर बजार ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ । यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा बढोत्तरी आउँदा न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनी, त्यसैगरी, इष्टर्न हाइड्रोपावर, गुडविल फाइनान्स, स्याङग्री पावर लगायतको कम्पनीको सेयर मूल्य उच्च दरमा बढेको छ ।
प्रतिक्रिया