स्पेनिस ला लिगा : बार्सिलोनाको अग्रता कायम

काठमाडौं ।  स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राखेको छ । रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलसँगै गएराति गेटाफेलाई १-० ले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

लेवान्डोस्कीले खेलको १९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले ७ खेलबाट २१ अंक पुर्‍याएको छ । जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा चार अंक बढी हो । पराजित गेटाफे समान खेलबाट चार अंकसहित १९औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर