स्पेनिस ला लिगा : बार्सिलोनाको अग्रता कायम

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राखेको छ । रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलसँगै गएराति गेटाफेलाई १-० ले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
लेवान्डोस्कीले खेलको १९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले ७ खेलबाट २१ अंक पुर्याएको छ । जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा चार अंक बढी हो । पराजित गेटाफे समान खेलबाट चार अंकसहित १९औं स्थानमा छ ।
प्रतिक्रिया