श्रीलंका-११ सँग नेपाल ५ विकेटले पराजित

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलंका डेभलभमेन्ट-११ सँगको अभ्यास खेलमा ५ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा अल आउट  हुँदै १५९ रन जोडेको थियो ।

१ सय ६० रनको चूनौती पाएको श्रीलंकाले मात्र २६.५ ओभरमा केवल ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाएका थिए । यसैगरी कुशल मल्लले ३५ रन जोडे भने आरिफ शेखले २०, सन्दीप जोराले ६, गुलसन झाले ५ तथा अनिल शाहले ३ रन जोडे ।

नेपाल विरुद्ध श्रीलंका डेभलभमेन्ट-११ का गरुका संकेथाले ४ विकेट लिए । वर्षाका कारण डेभलभमेन्ट-११ सँग तय भएको पहिलो र दोस्रो अभ्यास खेल टस पनि हुन नसकी रद्द भएको थियो । अब १० दिन पछि क्यानडामा हुने विश्वकप लिग टुको खेलको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका भ्रमणमा गएको हो ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर