श्रीलंका-११ सँग नेपाल ५ विकेटले पराजित
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलंका डेभलभमेन्ट-११ सँगको अभ्यास खेलमा ५ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा अल आउट हुँदै १५९ रन जोडेको थियो ।
१ सय ६० रनको चूनौती पाएको श्रीलंकाले मात्र २६.५ ओभरमा केवल ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाएका थिए । यसैगरी कुशल मल्लले ३५ रन जोडे भने आरिफ शेखले २०, सन्दीप जोराले ६, गुलसन झाले ५ तथा अनिल शाहले ३ रन जोडे ।
नेपाल विरुद्ध श्रीलंका डेभलभमेन्ट-११ का गरुका संकेथाले ४ विकेट लिए । वर्षाका कारण डेभलभमेन्ट-११ सँग तय भएको पहिलो र दोस्रो अभ्यास खेल टस पनि हुन नसकी रद्द भएको थियो । अब १० दिन पछि क्यानडामा हुने विश्वकप लिग टुको खेलको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंका भ्रमणमा गएको हो ।।