ट्रम्पको हत्या योजनाको आरोपमा एक पाकिस्तानी पक्राउ

काठमाडौं ।  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसहित केही नेताहरुको हत्याको योजना आरोपमा एक जना पक्राउ परेका छन् । इरानसँग सम्बन्ध राख्ने एक पाकिस्तानी नागरिक पक्राउ परेको बीबीसीले जनाएको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले यस हत्याको योजनाको सम्बन्ध इरानसँग रहेको बताए ।

४६ वर्षीय आसिफ मरचेन्टमाथि प्रमुख अमेरिकी नेताहरुको हत्या गर्नका लागि न्यूयोर्कमा एक हत्यारालाई नियुक्त गर्ने प्रयास गरेको आरोप लगाइएको छ । अधिकारीहरुले रिपब्लिकन उमेदवारको हत्याको योजनाको पछि इरानको सम्बन्ध पत्ता लागेपछि जुन महिनामै ट्रम्पको सुरक्षा बढाइएको जनाएका छन् ।

मंगलबार एफबीआईका निर्देशकले कुनै नेतालाई मार्नेवा कोही अमेरिकी नागरिकलाई मार्नका लागि विदेशी योजना अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको र यससँग लड्नका लागि एफबीआईले आफ्नो पूरै संयन्त्र प्रयोग गर्ने बताए । आसिफ मरचेन्टलाई जुलाईमा गिरफ्तार गरिएको थियो र अहिले उनलाई न्यूयोर्कमा राखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर