४६ वर्षीय आसिफ मरचेन्टमाथि प्रमुख अमेरिकी नेताहरुको हत्या गर्नका लागि न्यूयोर्कमा एक हत्यारालाई नियुक्त गर्ने प्रयास गरेको आरोप लगाइएको छ । अधिकारीहरुले रिपब्लिकन उमेदवारको हत्याको योजनाको पछि इरानको सम्बन्ध पत्ता लागेपछि जुन महिनामै ट्रम्पको सुरक्षा बढाइएको जनाएका छन् ।
मंगलबार एफबीआईका निर्देशकले कुनै नेतालाई मार्नेवा कोही अमेरिकी नागरिकलाई मार्नका लागि विदेशी योजना अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको र यससँग लड्नका लागि एफबीआईले आफ्नो पूरै संयन्त्र प्रयोग गर्ने बताए । आसिफ मरचेन्टलाई जुलाईमा गिरफ्तार गरिएको थियो र अहिले उनलाई न्यूयोर्कमा राखिएको छ ।