शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ तोकेको  छ भने बिक्री दर १३३.९६ रुपैयाँ कायम गरिएको  छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८९ रुपैयाँ रहेको छ ।

राष्ट्र बैैंकका अनुसार यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.८८ रुपैयाँ रहँदा बिक्री दर भने १७३.६६ रुपैयाँ कायम  छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.७४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहँदा  बिक्री दर २८.६९ रुपैयाँ रहेको बैंकले जनाएको  छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर