शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ तोकेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ कायम गरिएको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८९ रुपैयाँ रहेको छ ।
राष्ट्र बैैंकका अनुसार यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.८८ रुपैयाँ रहँदा बिक्री दर भने १७३.६६ रुपैयाँ कायम छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.७४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहँदा बिक्री दर २८.६९ रुपैयाँ रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया