सुन तोलामा सय रुपैयाँँ बढ्यो

काठमाडौं ।  नेपाली बजारमा मंगलबार  सुनको मूल्य सामान्य बढेको छ । सोमबार २ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला  १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  छापावाला सुन सोमबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन मंगलबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  तेजाबी सुन सोमबार  प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ रहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर