सुन तोलामा सय रुपैयाँँ बढ्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ । सोमबार २ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन सोमबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन मंगलबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन सोमबार प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ रहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया