जोकोभिचलाई युएस ओपन खेल्न बाटो खुल्यो

काठमाडौं । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचलाई युएस ओपन खेल्न बाटो खुलेको छ ।

अमेरिकाको सरकारले कोभिड-१९ विरुद्धको खोपको नीति परिवर्तन गरेसँगै जोकोभिचले युएस ओपन खेल्ने सम्भावना बढेको छ ।

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रुहरूलाई अब कोभिड-१९ विरुद्धको खोप लगाउन नपर्ने बताएको छ ।

गत वर्ष कोभिड(१९ को खोप नलगाएको कारण जोकोभिच युएस ओपन खेल्नबाट बन्चित भएका थिए ।

२२ पटकको ग्राण्डस्लाम विजेताले तीन पटक युएस ओपन जितेका छन् ।

खोपकै कारण अघिल्लो वर्ष जोकोभिचले अष्ट्रेलियन ओपन समेत गुमाएका थिए । तर, यस वर्ष उनले अष्ट्रेलियन ओपन जितिसकेका छन्।  एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर