जोकोभिचलाई युएस ओपन खेल्न बाटो खुल्यो
काठमाडौं । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचलाई युएस ओपन खेल्न बाटो खुलेको छ ।
अमेरिकाको सरकारले कोभिड-१९ विरुद्धको खोपको नीति परिवर्तन गरेसँगै जोकोभिचले युएस ओपन खेल्ने सम्भावना बढेको छ ।
अमेरिकाले अन्तर्राष्ट्रिय यात्रुहरूलाई अब कोभिड-१९ विरुद्धको खोप लगाउन नपर्ने बताएको छ ।
गत वर्ष कोभिड(१९ को खोप नलगाएको कारण जोकोभिच युएस ओपन खेल्नबाट बन्चित भएका थिए ।
२२ पटकको ग्राण्डस्लाम विजेताले तीन पटक युएस ओपन जितेका छन् ।
खोपकै कारण अघिल्लो वर्ष जोकोभिचले अष्ट्रेलियन ओपन समेत गुमाएका थिए । तर, यस वर्ष उनले अष्ट्रेलियन ओपन जितिसकेका छन्। एजेन्सी
प्रतिक्रिया