नगर प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

सार्वजनिक सेवा अवधि २०७४ साल असोज ६ गतेदेखि २०७९ माघ २९ गतेसम्ममा थापाले गैरकानूनी रुपमा ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आयोगको आरोपपत्रमा उल्लेख छ । सम्पत्तिबाट बिगो जफत तथा असुल गर्न आयोगले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर