नगर प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।
सार्वजनिक सेवा अवधि २०७४ साल असोज ६ गतेदेखि २०७९ माघ २९ गतेसम्ममा थापाले गैरकानूनी रुपमा ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आयोगको आरोपपत्रमा उल्लेख छ । सम्पत्तिबाट बिगो जफत तथा असुल गर्न आयोगले माग गरेको छ ।
प्रतिक्रिया