संघीय संसदको हिउँदे अधिवेशनको तयारी पूरा
काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् ।
संसदको अधिवेशन भोलिदेखि (सोमबार) सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षको अवलोकन गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन सोमबार अपरान्ह ४ बजे सुरु हुने गरी आह्वान गरेका छन् ।
प्रतिक्रिया