संघीय संसदको हिउँदे अधिवेशनको तयारी पूरा

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् ।

संसदको अधिवेशन भोलिदेखि (सोमबार)  सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षको अवलोकन गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन सोमबार अपरान्ह ४ बजे सुरु हुने गरी आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर