प्राधिकरणका अध्यक्ष खनालले राजीनामा दिए

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार सञ्चारमन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएका हुन् । खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो ।

उनीमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् । एमडीएमएस, टेरामक्सलगायतका अर्बौंका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा दिएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उनलाई २०७६ साउन ६ मा ५ वर्षका लागि नियुक्ति गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर