जिरोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत जिरोनाको जितको सिलसिला जारी रहेको छ । सोमबार राति सम्पन्न खेलमा जिरोनाले आल्भेजलाई ३-० ले पराजित गर्दै आफ्नो जितको सिलसिलालाई जारी राखेको हो ।
जिरोनाको जितमा आर्टेम डोभबिकले २ गोल गरेका थिए भने पोर्टुले एक गोल गरेका थिए । जिरोनाको यो यस सिजनमा १४औं जित हो । १७ खेलमा ४४ अंक हासिल गरेको जिरोना लिगको शिर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ४२ अंक रहेको छ । त्यसैगरी आल्भेजको भने १७ खेलमा १६ अंक रहेको छ र लिगमा १३औं अंक रहेको छ ।
प्रतिक्रिया