जिरोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं ।  स्पेनिस ला लिगा अन्तर्गत जिरोनाको जितको सिलसिला जारी रहेको छ । सोमबार राति सम्पन्न खेलमा जिरोनाले आल्भेजलाई ३-० ले पराजित गर्दै आफ्नो जितको सिलसिलालाई जारी राखेको हो ।

जिरोनाको जितमा आर्टेम डोभबिकले २ गोल गरेका थिए भने पोर्टुले एक गोल गरेका थिए । जिरोनाको यो यस सिजनमा १४औं जित हो । १७ खेलमा ४४ अंक हासिल गरेको जिरोना लिगको शिर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ४२ अंक रहेको छ । त्यसैगरी आल्भेजको भने १७ खेलमा १६ अंक रहेको छ र लिगमा १३औं अंक रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर