एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ । बुधबार राति भएको खेलमा सिटी एस्टन भिल्लासँग १–० गोल अन्तरले पराजित भएको हो । यी दुईबीचको भिडन्त प्रिमियर लिगको तालिकामा तेस्रो स्थानका लागि रहेको थियो ।
जसमा एस्टन जितसँगै ३२ अंक बनाएर तेस्रो स्थानमा उक्लदा पराजित भएको सिटी भने ३० अंकका साथ तालिकाको चौथो स्थानमा झरेको छ । बुधबार राति घरेलु मैदानमा एस्टनलाई जिताउनका लागि लियोन बेलीले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।
उनले खेलको ७४ औं मिनेटमा योरी टेलिमान्सको पासमा गोल गर्दै अग्रता दिलाए । सोही अग्रता एस्टनले अन्तिमसमयसम्म कायम राख्दै स्पष्ट ३ अंक लिन सफल भयो ।
प्रतिक्रिया