एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ । बुधबार राति भएको खेलमा सिटी एस्टन भिल्लासँग १–० गोल अन्तरले पराजित भएको हो । यी दुईबीचको भिडन्त प्रिमियर लिगको तालिकामा तेस्रो स्थानका लागि रहेको थियो ।

जसमा एस्टन जितसँगै ३२ अंक बनाएर तेस्रो स्थानमा उक्लदा पराजित भएको सिटी भने ३० अंकका साथ तालिकाको चौथो स्थानमा झरेको छ । बुधबार राति घरेलु मैदानमा एस्टनलाई जिताउनका लागि लियोन बेलीले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।

उनले खेलको ७४ औं मिनेटमा योरी टेलिमान्सको पासमा गोल गर्दै अग्रता दिलाए । सोही अग्रता एस्टनले अन्तिमसमयसम्म कायम राख्दै स्पष्ट ३ अंक लिन सफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर