क्यानडाको राजदूतमा पौडेलको नाम अनुमोदन
काठमाडौँ । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको एमाले सांसद एवम् समिति सदस्य इश्वरी घर्तीले जानकारी दिए ।
समितिमा पौडेलविरुद्ध दुई उजुरी परेका थिए । बैठकमा उनीविरुद्ध परेका उजुरीउपर समितिले जवाफ लिएपछि समितिबाट उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
पौडेल यसअघि पाकिस्तानका लागि आवसीय राजदूतसमेत भइसक्नु भएको छ । यस्तै उहाँले अफगानस्तान, इरान,टर्कीलगायतका देशमा गैरआवासीय राजदूतको भूमिकामा थिए । २०७७ देखि परराष्ट्र मन्त्रालयलको सचिव रहेका पौडेललाई गत कात्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले क्यानडाको राजदूतमा सिफारिस गरेको थियो ।
प्रतिक्रिया