क्यानडाको राजदूतमा पौडेलको नाम अनुमोदन

काठमाडौँ ।  क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको एमाले सांसद एवम् समिति सदस्य इश्वरी घर्तीले जानकारी दिए ।

समितिमा पौडेलविरुद्ध दुई उजुरी परेका थिए ।  बैठकमा उनीविरुद्ध परेका उजुरीउपर समितिले  जवाफ लिएपछि समितिबाट उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

पौडेल यसअघि पाकिस्तानका लागि आवसीय राजदूतसमेत भइसक्नु भएको छ । यस्तै उहाँले अफगानस्तान, इरान,टर्कीलगायतका देशमा गैरआवासीय राजदूतको भूमिकामा  थिए । २०७७ देखि परराष्ट्र मन्त्रालयलको सचिव रहेका पौडेललाई गत कात्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले क्यानडाको राजदूतमा सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर