महिला टी–२० सिरिज: दोस्रो खेलमा हङकङको सामना गर्दै नेपाल
काठमाडौं । चार देश सम्मलित महिला टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा आज (बिहीबार) नेपालले हङकङसँग खेल्दैछ। नेपाल र हङकङको खेल हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ। नेपाल र हङकङबीचको खेल नेपाली समयानुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ। दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्।
नेपालले पहिलो खेलमा हार बेहोरेको थियो। बुधबार भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो।
प्रतिक्रिया