तिहारको बेला भक्तपुरमा गरगहना तथा नगद चोरी
काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित शिब मार्गमा चोरी भएको छ ।
सो स्थानमा डेरा गरी बस्ने रामेछाप सुनापती गाउँपालिका घर भएकी ४२ वर्षीया सरुना दाहालको पुजा कोठामा लक्ष्मी पुजाको लागि राखेका विभिन्न सुनका गरगहना र नगद ४५ हजार रुपैयाँ गरी १७ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया