भारतीय गिल नम्बर एक ब्याट्सम्यान
काठमाडौं । पाकिस्तानका व्याट्सम्यान बाबर आजमलाई पछि पार्दै भारतीय टोलीका २४ वर्षीय शुभम गिल नम्बर एक ब्याट्सम्यान बनेका छन् । गिल आईसीसी एकदिवसीय वरियताको शीर्ष स्थानमा उभिएका छन् । आईसीसीको पछिल्लो वरियतामा गिल विश्वकै नम्बर १ ओडिआई ब्याट्सम्यान बनेका छन् ।
उनले बाबर आजमलाई पछि पारेका हुन् । शुभम गिल ८३० रेटिङ अंकका साथ पहिलो स्थानमा छन् । जबकि बाबर आजम ८२४ रेटिङ अंकका साथ दोस्रो स्थानमा झरेका छन् । क्विन्टन डी कक तेस्रो र विराट कोहली चौथो स्थानमा छन् ।
प्रतिक्रिया