भारतीय गिल नम्बर एक  ब्याट्सम्यान

काठमाडौं । पाकिस्तानका व्याट्सम्यान बाबर आजमलाई पछि पार्दै भारतीय टोलीका २४ वर्षीय शुभम गिल नम्बर एक  ब्याट्सम्यान बनेका छन् । गिल आईसीसी एकदिवसीय वरियताको शीर्ष स्थानमा उभिएका छन् । आईसीसीको पछिल्लो वरियतामा  गिल विश्वकै नम्बर १ ओडिआई ब्याट्सम्यान बनेका छन् ।

उनले बाबर आजमलाई पछि पारेका हुन् । शुभम गिल ८३० रेटिङ अंकका साथ पहिलो स्थानमा छन् । जबकि बाबर आजम ८२४ रेटिङ अंकका साथ दोस्रो स्थानमा झरेका छन् । क्विन्टन डी कक तेस्रो र विराट कोहली चौथो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर