मनाङ एअरको हेलिकोप्टर दुर्घटना, पाइलट सुरक्षित
काठमाडाैं । मनाङ एअरको ९ एन-एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको छ । ओखलढुंगाको रुम्जाटारबाट साेलुखुम्बुकाे लोबुचे उडेको हेलिकोप्टर दुर्घटना भएको मनाङ एअरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७:१३ मा उडेको हेलिकोप्टर दुर्घटना भएको हो ।हेलिकोप्टरमा पाइलट पिके सेढाइ मात्रै रहेको खुलेकाे छ। पाइलट सेढाइ सुरक्षित रहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया