मनाङ एअरको हेलिकोप्टर दुर्घटना, पाइलट सुरक्षित

काठमाडाैं । मनाङ एअरको ९ एन-एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको छ । ओखलढुंगाको रुम्जाटारबाट साेलुखुम्बुकाे लोबुचे उडेको हेलिकोप्टर दुर्घटना भएको मनाङ एअरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७:१३ मा उडेको हेलिकोप्टर दुर्घटना भएको हो ।हेलिकोप्टरमा पाइलट पिके सेढाइ मात्रै रहेको खुलेकाे छ। पाइलट सेढाइ सुरक्षित रहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर