अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

काठमाडौं ।  अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार अर्थात् ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आज महसुस गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो ।

समाचारमा जनाइएअनुसार पछिल्लो भूकम्पले ठूलो क्षति पुर्‍याएको हुन सक्ने अनुमान गरिएको छ ।  यसबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर