अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प
काठमाडौं । अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार अर्थात् ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आज महसुस गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो ।
समाचारमा जनाइएअनुसार पछिल्लो भूकम्पले ठूलो क्षति पुर्याएको हुन सक्ने अनुमान गरिएको छ । यसबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन ।
प्रतिक्रिया