होटलमा जुवातास खेलिरहेका तीन जना पक्राउ

काठमाडौं । सुनसरीको एक होटलमा जुवातास खेलिरहेका तीन जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ६ सेन्टर प्लाजास्थित बरण्डा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका ५ बस्ने ४० वर्षीय दिपेन्द्र कार्कीसमेत ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ५ सय ९० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया