होटलमा जुवातास खेलिरहेका तीन जना पक्राउ

काठमाडौं ।  सुनसरीको एक होटलमा जुवातास खेलिरहेका तीन जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ६ सेन्टर प्लाजास्थित बरण्डा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका ५ बस्ने ४० वर्षीय दिपेन्द्र कार्कीसमेत ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ५ सय ९० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर