सुन तस्करीबारे सिआइबीमा बयान दिन गए महरा
काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ । पूर्वसभामुख समेत रहेका महरा मंगलबार सिआइबीमा उपस्थित भएर सो प्रकरणमा बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।
भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएपछि सिआइबीले उनीहरुलाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । छोरा राहुल गत भदौ १३ मा पक्राउ परिसकेका छन् । महराले सुन तस्करीसम्बन्धमा अनुसन्धानका लागि आफूले सरकारलाई सघाउने बताउँदै आएका छन् ।
प्रतिक्रिया