सुन तस्करीबारे सिआइबीमा बयान दिन गए महरा

काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ । पूर्वसभामुख समेत रहेका महरा मंगलबार सिआइबीमा उपस्थित भएर सो प्रकरणमा बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएपछि सिआइबीले उनीहरुलाई  सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । छोरा राहुल गत भदौ १३ मा पक्राउ परिसकेका छन् ।  महराले सुन तस्करीसम्बन्धमा अनुसन्धानका लागि आफूले सरकारलाई सघाउने बताउँदै आएका छन्  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर