नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य

काठमाडौं ।  चीनमा जारी एसियन गेम्समा क्रिकेट प्रतिस्पर्धामा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले आज पनि उत्कृष्ट ब्याटिङ गरे । २७ बलको सामना गरेका रोहितले ५२ रनको इनिङ खेले । यस्तै, कुशलले २० बलमा  अविजित ४७ रन बनाए ।  कुशल भुर्तेल, गुल्सन झाले ३५/३५, विनोद भण्डारीले १३, दीपेन्द्र सिंह ऐरी, आसिफ शेखले ६/६ र सन्दीप जोराले ५ रन बनाए । माल्दिभ्सका लागि नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए ।

नेपालले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएर विकेटकिपर विनोद भण्डारीलाई मौका दिएको हो ।  चीनमा जारी एसियन गेम्समा क्रिकेट प्रतिस्पर्धामा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले आज पनि उत्कृष्ट ब्याटिङ गरे । २७ बलको सामना गरेका रोहितले ५२ रनको इनिङ खेले । यस्तै, कुशलले २० बलमा  अविजित ४७ रन बनाए ।  कुशल भुर्तेल, गुल्सन झाले ३५/३५, विनोद भण्डारीले १३, दीपेन्द्र सिंह ऐरी, आसिफ शेखले ६/६ र सन्दीप जोराले ५ रन बनाए । माल्दिभ्सका लागि नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए ।  नेपालले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएर विकेटकिपर विनोद भण्डारीलाई मौका दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर