नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य
काठमाडौं । चीनमा जारी एसियन गेम्समा क्रिकेट प्रतिस्पर्धामा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले आज पनि उत्कृष्ट ब्याटिङ गरे । २७ बलको सामना गरेका रोहितले ५२ रनको इनिङ खेले । यस्तै, कुशलले २० बलमा अविजित ४७ रन बनाए । कुशल भुर्तेल, गुल्सन झाले ३५/३५, विनोद भण्डारीले १३, दीपेन्द्र सिंह ऐरी, आसिफ शेखले ६/६ र सन्दीप जोराले ५ रन बनाए । माल्दिभ्सका लागि नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए ।
नेपालले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएर विकेटकिपर विनोद भण्डारीलाई मौका दिएको हो । चीनमा जारी एसियन गेम्समा क्रिकेट प्रतिस्पर्धामा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले आज पनि उत्कृष्ट ब्याटिङ गरे । २७ बलको सामना गरेका रोहितले ५२ रनको इनिङ खेले । यस्तै, कुशलले २० बलमा अविजित ४७ रन बनाए । कुशल भुर्तेल, गुल्सन झाले ३५/३५, विनोद भण्डारीले १३, दीपेन्द्र सिंह ऐरी, आसिफ शेखले ६/६ र सन्दीप जोराले ५ रन बनाए । माल्दिभ्सका लागि नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए । नेपालले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएर विकेटकिपर विनोद भण्डारीलाई मौका दिएको हो ।