मेलम्चीको पानी पुनः वितरण गर्नेसम्बन्धमा अन्योल कायमै

काठमाडौं । काठमाडौं उपत्यकामा वर्सात्मा रोकिएको मेलम्चीको पानी आउँदा कुन लिनदेखि पुनः वितरण गर्ने भन्नेमा अन्योल अझै हट्न सकेको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड र मेलम्ची खानेपानी विकास आयोजनाले वर्सातेका कारण असार लाग्नु अघि नै पानी वितरण बन्द गरेको थियो ।

सरकारले मेलम्ची आयोजनाको मुहान स्थलमा बाढीले पुर्‍याएको पछिल्लो क्षति र त्यसको पुनःनिर्माणको विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन हुन नसकेको उनको भनाइ छ । उनले भने, “सरकारले पुनःनिर्माण कहिले र कसरी गर्ने भनी निर्णय गरेपछि काम गरिनेछ ।”

वर्षा सुरु हुनुपहिले सुरुङ बन्द गर्दा वर्षा सकिएपछि तुरुन्त पानी चलाउने गरी योजना बनाइएको थियो । गत साउन २८ र २९ गते ठूलो बाढी आ्एर मेलम्चीको मुहान क्षेत्र पुरिएको थियो । अहिले पहुँच मार्ग समेत बगेको अवस्थामा भएकाले तत्काल पानी चलाउन सक्ने स्थिति नभएको उनको कथन रहेको छ ।

अहिले तत्काल ‘हेडवर्क’सम्म पुगेर काम गर्न सकिने अवस्था नभएको सूचना अधिकारी पन्तले बताए । पानी पर्न छाडेर नदीमा पानीको बहाव स्थिर भएमा त्यसपछि मात्रै हेडवर्कमा उपकरण लगेर सफाइ र मर्मतको काम गरिने उनले जानकारी दिए । सुरक्षा अपनाउँदा अपनाउँदै गेट नम्बर १ र ९ पुरिएको देखिएको उनले बताए ।
सरकारले दुई वर्षसम्म पानी आपूर्ति अस्थायी रूपमा चलाएको थियो । सरकारले अस्थायी रूपमा चलाउने हो भने त्यसका लागि गर्नुपर्ने काम कसरी गर्ने भनी निर्णय हुनुपर्ने सूचना अधिकारी पन्तले बताउँदै भने, “सरकारले निर्णय गरेपछि अस्थायी रूपमा चलाउन तयारी गरिनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर