नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा

काठमाडौं ।  नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएकाे छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेपछि बन्द भएकाे सडक केहीबेर अघिदेखि सञ्चालनमा आएकाे हाे ।

बिहान साढे ६ बजेतिर खसेको सुक्खा पहिरो पन्छाएपछि गाडी आवतजावत शुरु भएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर