नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएकाे छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेपछि बन्द भएकाे सडक केहीबेर अघिदेखि सञ्चालनमा आएकाे हाे ।
बिहान साढे ६ बजेतिर खसेको सुक्खा पहिरो पन्छाएपछि गाडी आवतजावत शुरु भएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
प्रतिक्रिया