तनहुँमा गाई काटेको आरोपमा ३ जना पक्राउ

काठमाडौं । तनहुँमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका ६ कमलबोटका २९ वर्षीय रमेश नेपालीसहित तीन जनालाई गाई काटेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिए । उनीहरूलाई शनिबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया